कृषि र मौरीपालन संग सम्बन्धीत कार्यक्रमहरु संचालन गरि ग्रामिण तहमा बस्ने किसानको उद्यमशिलता र आर्थिक उन्नतीमा सहयोग पुर्याउने उद्देश्यले बेष्टनेचर मल्टिप्रपोज प्रा.लि.को संयोजन र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघको संस्थागत सहकार्यमा नेपालमा रहेका सरकारी, सहकारी, सामुदायिक, निजिक्षेत्र तथा अन्य निकायसंगको सहकार्य किसानको आवश्यकताको आधारमा ब्यवसायिक मौरीपालन, बिभिन्न तहका तालिम, प्राविधिक सहयोग, आर्थिक सहयोग गर्ने हाम्रो अभियान हो ।
ब्यक्तिगत रुपमा मौरी तालिम, प्राविधिक, सहयोग, मौरीजन्य सामाग्रि आवश्यक पर्ने किसान ब्यवसायिको पहलमा यो संगै रहेको फर्म भरेर सब्मिट गरेपछि हामीले सम्बन्धीत निकायमा पहल गरेर कार्यक्रमको प्रस्तावना देखि कोटेशन पठाउने सम्मको काम गर्ने छौ । यदि सरकारी, सहकारी, सामुदायिक, निजिक्षेत्र तथा अन्य निकायसंग प्रयाप्त रकम नभएमा समुहको अनुरोधमा हामी समुह रहेको स्थानमा आएर तालिम तथा प्राविधिक सहयोग गर्ने छौं त्यसका लागि सामान्य खर्च समुहसंगको सहकार्यमा हुने छ ।
नयां तथा पुराना ब्यवसायिक मौरीपालकले स शुल्क तालिम लिन चाहेमा यस वेबसाइटको तालिम क्याटेगोरीमा गई तोकिएको स्थान र समयमा तालिममा जोडिन सकिन्छ ।